प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे मानव सेवा आश्रमको भवन उद्घाटन

प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे मानव सेवा आश्रमको भवन उद्घाटन

कहिरन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको उद्घाटन गरेका छन्।

हेटौंडा उपमहानगरपालिका-९ लामसुरेधापमा निर्माण भएको आश्रमको उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले भवनको अवलोकनसमेत गरे। आश्रममा रहेका वृद्धवृद्धा र बालबालिकासँग प्रधानमन्त्री प्रचण्डले कुराकानीसमेत गरेका थिए।

आश्रममा उनीहरूलाई खाने, बस्ने, सुत्ने लगायतका सेवा सुविधाहरूबारे पनि प्रधानमन्त्री प्रचण्डले जानकारी लिएका छन्।

मानवसेवा आश्रमको सो भवन १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० लागतमा निर्माण भएको हो।

आश्रमले हालसम्म ९ हजार ७९ जनाको उद्धार गरेकामा हाल १८ जना बालक तीनजना बालिकासहित  २०४ जना आश्रित छन् ।

सडकमा रहेका मानवलाई उद्धार गरी पालनपोषण गर्ने तथा परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो।

उद्घाटनमा प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमलाई सरकारले अभिभावकत्व दिने बताए। उनले सवै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायतका कामका लाग प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिए।

उनले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति १० हजार नगद उपलब्ध गराउने घोषणा गरे।