फोहोर फाल्न अवरोध गरेपछि हवाइफायर

फोहोर फाल्न अवरोध गरेपछि हवाइफायर

कहिरन समाचार

काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडामा गएका ट्रकलाई स्थानीयले रोकेका छन् । स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ ।

स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । बञ्चरेडाँडामा प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारीलाई लखेटेपछि डाँडामा रहेका स्थानीयले ढुंगा लडाएका हुन् । त्यसपछि प्रहरीले हवाई फायर गरेको थियो ।

झडपपछि फोहोर विसर्जनको काम रोकिएको छ । स्थितिलाई नियन्त्रणमा लिएर फोहोर बिसर्जन सुचारु गराइने एसपी मैनालीले बताए । सो क्षेत्रमा नुवाकोट र काठमाडौंका प्रहरी खटिएका छन् ।