राष्ट्र बैंकले : क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही

राष्ट्र बैंकले : क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही

कहिरन समाचार

नेपाल राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही गरिने बताएको छ।

बैंकले आज सूचना निकालेर क्रिप्टोकरेन्सीको कारोबार गर्ने, सदस्यता लिने, लगानी गर्ने, स्थानान्तरण गर्ने, बिप्रेषण र विनिमयसम्बन्धी कार्य गर्ने गरेको पाइएमा कानूनअनुसार काबारही हुने उल्लेख गरेको छ।

राष्ट्र बैंकले यसअघि २०७४ साउन १९, २०७८ भदौ २४ र २०७८ माघ ९ मा पनि सार्वजनिक सूचना निकालेर नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न नपाइने बताएको थियो।

राष्ट्र बैंकका अनुसार नेपालमा क्रिप्टोकरेन्सी कारोबार/व्यवसाय गैरकानूनी छ।