श्वेता खड्काले सन्तानलाई जन्म दिंदै

श्वेता खड्काले सन्तानलाई जन्म दिंदै

कहिरन समाचार

अभिनेत्री श्वेता खड्काले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । पारिवारिक स्रोतका अनुसार चिकित्सकले कात्तिक अन्त्यतिर डेलिभरीको समय तोकेका छन् ।

उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको जनाइएको छ । हिजोआज उनी घरमै आराम गरिरहेकी छिन् र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।

धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् ।

सार्वजनिक रुपमा केही नबताए पनि श्वेतालाई सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेकी छन् । गत महिना कुरा गर्दै निकट भविष्यमै आफूले होमप्रोडक्सन फिल्म बनाउने बताएकी थिइन् ।