शेखर कोइरालाले नेताहरुसँग छलफल

शेखर कोइरालाले नेताहरुसँग छलफल

कहिरन समाचार

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू निकट नेताहरुसँग छलफल गर्दै छन् । छलफल आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा हुनेछ ।

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आवश्यक रणनीति तय गर्न छलफल गर्न लागिएको नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बताए ।

छलफलमा दोस्रो तहका नेता र भातृ संस्थाका नेताहरुलाई बोलाइएको छ । यसअघि बत्तिसपुतलीको एक पार्टी प्यालेसमा भएको छलफलमा उठेका विषय कोइरालालाई जानकारी गराउने र भावी रणनीति तय गरिने नेताहरुले बताएका छन् ।

५ भातृ संस्थाको अध्यक्ष तोक्ने क्रममा आफ्नो समूहसँग परामर्श नगरी एकलौटी गरेको भन्दै कोइराला पक्ष पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट छ । यसअघि सो समूहका नेता-कार्यकर्ताहरुले पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका थिए ।