नेपालमा अमेरिका र चीनको भुराजनीतिक चलखेल, चिनियाँ फर्के लगत्तै अमेरिकी विदेश मन्त्रीको काउण्टर भ्रमण

नेपालमा अमेरिका र चीनको भुराजनीतिक चलखेल, चिनियाँ फर्के लगत्तै अमेरिकी विदेश मन्त्रीको काउण्टर भ्रमण

कहिरन समाचार

साउन ११, काठमाडौँ । नेपालमा अमेरिका र चीनको भुराजनीतिक चलखेल बढेको छ । चिनिया कम्युनिष्ट पार्टी सीपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणबाट स्वदेश फर्केको केही दिनमै अमेरिकी सहायक विदेशमन्त्रीको काउण्टर नेपाल भ्रमण हुन लागेको छ ।

जियानचाओले नेपालका शीर्ष नेताहरुसँग भेट गरेर नेपाली भुभाग चीन विरुद्ध प्रयोग गर्न नदिन आग्रह गरेका थिए । नेपालबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट एमसीसी सम्झौता अनुमोदन गराउन भुमिका खेलेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउने भएका हुन् । लु भोलि र पर्सि नेपालमा रहने अमेरिकी दुतावास स्रोतले बताएको छ ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके पनि अन्य क–कसलाई भेटवार्ता गर्ने भन्ने बारे जानकारी बाहिर ल्याइएको छैन । प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनीँ नेपाल आउन लागेका हुन् ।

नेपालले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी अस्वीकार गर्ने निर्णय गरेको केहीसातामै नेपाल आउन लागेका लुको दुइ दिने भ्रमणलाई महत्वपुर्ण मानिएको छ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु को नेपाल भ्रमण सामान्य नै रहेको दुतावासले जनाएको छ ।

यसअघि लु नेपालमा एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनुअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए । एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन काठमाडौंमा आएर राजनीतिक र कुटनीतिक दौडधुप गरेका थिए ।