चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार

चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार

कहिरन समाचार

चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो ।

आक्रमणकारीलाई न्युयोर्क प्रहरीले हिरासतमा राखेको छ । ७५ वर्षीय लेखकको अवस्था गम्भीर रहेको बताइएको छ । उनको एक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।