थारु कल्याणकारिणी सभाका पदाधिकारीले गृहमन्त्री खाणसँग छलफल

थारु कल्याणकारिणी सभाका पदाधिकारीले गृहमन्त्री खाणसँग छलफल

कहिरन समाचार

थारु कल्याणकारिणी सभाका पदाधिकारीले गृहमन्त्री बालकृष्ण खाणसँग छलफल गरेका छन्।

गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा सरकारका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), महान्यायाधीवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए।

कल्याणकारीणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी र रुकमिणी चौधरी सहभागी थिए।

छलफलमा थारु कल्याणकारीणी सभाले सरकारसँग राखेका मागका सम्बन्धमा कुराकानी भएको थियो।

कल्याणकारिणी सभाले राखेका मागबारे भएको छलफल सकारात्मक भएको प्रवक्ता पोखरेलले जानकारी दिए।

समस्या समाधानका लागि दुवै पक्षले आ–आफ्ना तर्फबाट गृहकार्य गरेर पुनः बैठक बस्ने निष्कर्षसहित छलफल सकिएको छ।