नेपालमा पहिलो पटक इभी एक्स्पो हुँदै

नेपालमा पहिलो पटक इभी एक्स्पो हुँदै

कहिरन समाचार

नाडाले पहिलो पटक नेपालमा इभी एक्स्पो आयोजना गर्ने भएको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आउँदो भदौ ६ गतेदेखि ९ गतेसम्म इभी एक्स्पो २०२२ आयोजना गर्ने भएको हो।

नाडाका अध्यक्ष ध्रुव थापाका अनुसार विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन र प्रत्साहन गर्न इभी एक्स्पो २०२२ आयोजना गर्न लागिएको हो।

‘विगत पाँच वर्षमा विश्वका धेरै देशहरूले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न इभी एक्स्पो आयोजना गर्दैछन्। यसैक्रम नेपालमा पनि सुरू गरेका हौं,’ अध्यक्ष थापाले भने, ‘एक्स्पोमा ग्राहकहरूले हाल नेपालमा उपलब्ध इभी ब्रान्डहरूबारे जानकारी लिन सक्नेछन्। साथै खरिद-बिक्री पनि हुनेछ।’

उनका अनुसार हाल नेपालमा २६ वटा ब्रान्डका दुई पांग्रे र १४ ब्रान्डको चार पांग्रे गाडी उपलब्ध छन्। एक्स्पोमा कम्तिमा पनि ३० ब्रान्डको स्टल हुने उनी अनुमान लगाउँछन्। यहाँ हरेक प्रकारको विद्युतीय सवारी भित्र्याउने ब्रान्डको सहभागी हुनेछ।

इभी एक्सपोमा सहभागी हुन इच्छुक कम्पनी तथा ब्रान्डले भदौ १ देखि ५ गतेसम्म स्टल बुकिङ गर्न सक्नेछन्।

यसभन्दा अघि नाडाले भदौमा वृहत नाडा अटो शो आयोजना गर्ने घोषणा गरेको थियो। तर सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्धका उक्त अटो शो तत्काललाई स्थगित गरिएको छ। अध्यक्ष लामाका अनुसार प्रतिबन्ध हटेसँगै वा खुकुलो भएसँगै यसबारे पनि नाडाको ध्यन केन्द्रीत रहनेछ।