वर्षापछि पहिरो खस्दा दोलखाको सिंगटी बजारका घर जोखिममा

वर्षापछि पहिरो खस्दा दोलखाको सिंगटी बजारका घर जोखिममा

कहिरन समाचार

अविरल वर्षापछि पहिरो खस्दा दोलखाको सिंगटी बजारका घर जोखिममा परेका छन्।

बुधबार पहिरो गएपछि यहाँका करिब २५ घर जोखिममा छन् भने केही घरमा क्षति पुगेको स्थानीय बासिन्दाले बताएका छन्।

बिगु गाउँपालिका वडा नम्बर ४ लादुकमा पहिरो जाँदा सिंगटी बजार जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

यहाँ लादुक सडक खण्डको चार घुम्तीमाथिबाट पहिरो खस्दा सडक पनि अवरूद्ध भएको थियो। टिकट काउन्टर रहेको घरमा पनि पहिरोले क्षति पुर्‍याएको स्थानीय बताउँछन्।

ढुंगा लागेर स्थानीय विन्दा कार्की गिरि घाइते भएकी थिइन्।