नयाँ वर्षमा ५ फिल्मको भीड

नयाँ वर्षमा ५ फिल्मको भीड

कहिरन समाचार

कोरोनामा सुस्ताएको नेपाली फिल्म क्षेत्र पुरानै लयमा फर्किएको छ । फिल्म निर्माण, प्रदर्शन, फेस्टिभल, अवार्डलगायतका गतिविधि पहिलेझैँ हुन थालेका छन् । पहिले झैँ हुन नसकेको फिल्मको व्यवसाय मात्र हो ।

केहीलाई छोडेर भन्ने हो भने जस्ता फिल्म आए पनि लगानी स्वाहा भएका छन् । यो वर्ष वैशाखदेखि माघको तेस्रो साता (माघ १७) सम्म करिब १० महिनामा ४ दर्जनको हाराहारीमा फिल्म रिलिज भए । तीमध्ये जम्मा ७ फिल्म लगानी सुरक्षित गर्न सफल छन् । जसमा ‘कबड्डी ४’, ‘ए मेरो हजुर ४’, ‘झिँगे दाउ’, ‘२ नम्बरी’, ‘प्रेम गीत ३’ र ‘महापुरुष’ र ‘के घर के डेरा’ हुन् । अन्यको लगानी बालुवामा पानी झैँ भएको छ । लगानी असुरक्षित भएको मात्र कहाँ हो र ? कतिपय फिल्म त रिलिजकै भोलिपल्ट उत्रिएका छन् ।

के अहिले स्टार, के पुराना या नयाँ कलाकार नै किन नहुन्, सबैमा फिल्म चिलिम भएका छन् । कतिपय फिल्म एकअर्काेसँग भिड्दै सकिएका छन् भने कतिपयले सिङ्गल रिलिजमा पनि दर्शक नपाएको यथार्थ हो ।