क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा

कहिरन समाचार

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

नेपाल टी-ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएको एक पदाधिकारीले जानकारी दिए ।

उनको राजीनामा स्वीकृति हुन भने बाँकी रहेको छ । असन्तुष्ट केन्द्रीय सदस्यहरुले कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा माग गदै आएका थिए ।