राहुल गान्धीले ‘भारत जोडो पैदल यात्रा’ पूरा गरे

राहुल गान्धीले ‘भारत जोडो पैदल यात्रा’ पूरा गरे

कहिरन समाचार

भारतीय कंग्रेसका नेता राहुल गान्धीले ‘भारत जोडो यात्रा’ पूरा गरेका छन्।

गत वर्ष सेप्टेम्बर ७ मा राहुलले तमिलनाडुको कन्याकुमारीबाट पैदल यात्रा सुरू गरेका थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको यात्रा सोमबार जम्मु कश्मिरको  श्रीनगरमा समापन भएको हो।

नरेन्द्र मोदी नेतृत्वको अहिलेको सरकारले देशमा धर्म, सम्प्रदायलगायत विभिन्न आधारमा समाज विभाजन गरेको भन्दै राहुलले भारत जोडो यात्रा सुरू गरेका थिए।

१३४ दिन लामो यात्राका क्रममा  राहुल ११६ दिन दैनिक २३/२४ किलोमिटर हिँड्ने गर्थे।

यो अवधिमा उनले १४ राज्यका ७५ जिल्ला पार गरेका थिए।