‘नबुझ्छौ कहिले तिमी’को म्युजिक भिडियो सार्वजनिक

‘नबुझ्छौ कहिले तिमी’को म्युजिक भिडियो सार्वजनिक

कहिरन समाचार

विकास लामिछाने र अञ्जली अधिकारी अभिनीत आधुनिक गीत ‘नबुझ्छौ कहिले तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सविना अधिकारीको स्वर तथा संगीत रहेको गीतलाई सन्ध्या पौडेलले लेखेकी हुन् ।  प्रकाश केसीले एरेन्ज गरेको गीतको भिडियोलाई  मुकेश हुमागाईंले खिचेका हुन् ।

गीतमा राहुल बराईलीको कोरियोग्राफी, विनोद वामको सम्पादन र कृष्णदेव रुपाखेती निर्देशन रहेको छ । भिडियोमा कलाकारहरू लामिछाने र अधिकारीको अलावा अवि सुनुवार, रेशम फिरिरी, आदित्य देव रुपाखेतीलगायतको अभिनय रहेको छ ।