अर्को जल्दो शरीर मेरो नहोस् : माइतीघर प्रदर्शन

अर्को जल्दो शरीर मेरो नहोस् : माइतीघर प्रदर्शन

कहिरन समाचार

इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसम्बन्धी घटनामा माइतीघरमा प्रदर्शन गरिएको छ । ‘राज्यद्वारा गरिएको हत्या विरुद्ध काठमाडौं अपराइजिङ’ नामको ब्यानरमा गरिएको प्रदर्शनका क्रममा सरकारको आलोचना गरिएको थियो ।  भ्रष्ट राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीहरुले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए । जसमा ‘देशमा केही गर्छु भन्नु अपराध हो सरकार ?, मैले देशमा सपना देख्न पाउने कि नपाउने ?, खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, अर्को जल्दो शरीर मेरो नहोस् लगायत थिए ।

आचार्यको बुधबार उपचारको क्रममा बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो भने मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफूलाई आगो लगाएका थिए । व्यवसायी उनले आफू किन मर्न बाध्य भए भन्ने विषय सुसाइड नोटमा लेखेका छन् भने राज्य संयन्त्रलाई पनि विभिन्न दोष लगाएका छन् ।

उनको मत्युपछि आक्रोशमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।