जनार्दन शर्मामाथिको छानबिन समितिले टुंग्यायो प्रतिवेदन

जनार्दन शर्मामाथिको छानबिन समितिले टुंग्यायो प्रतिवेदन

कहिरन समाचार

साउन १२, काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को बजेट निमार्णको क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले आरोप पुष्टि हुनने गरी छानविन प्रतिवेदन टुंगाएको छ ।

अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप पुष्टि हुन नसक्ने छानबिन समितिका एक सदस्यले बताए । सिसिटिभी फुटेजमा अनधिकृत व्यक्तिबारे समितिले हालसम्म केही बताउन चाहेको छैन ।

सत्तारुढ दलका सांसद र प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको आरोप प्रत्यारोपबीच सत्य तथ्य छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज १७औँ दिनमा प्रतिवेदन लेखेर सकाएको छ । भोलि सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने तयारी भइरहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

सिंहदरबारमा बसेको समितिको अन्तिम बैठकले आज ज्येष्ठ सदस्यका हिसाबले लक्ष्मणलाल कर्णलाई सभापति चयन गरेको छ । संसद्‌मार्फत छानबिनको माग गरेको नेकपा एमाले पनि आरोप पुष्टि गर्न सकेन । एमालेका नेता एवं संसदीय छानबिन समितिका सदस्य खगराज अधिकारीले बैठकमा राखेको कुरा प्रतिवेदनमै आउने बताएर समितिको बैठकबाट बाहिरिए ।

एमालेकी अर्की सदस्य विमला विक भने आफूहरूको फरक मत समितिको प्रतिवेदनमै आउने प्रतिक्रिया दिइन् ।