सरकारी बैंकहरूमा पनि मर्जरको आवश्यक : गभर्नर महाप्रसादअधिकारी

सरकारी बैंकहरूमा पनि मर्जरको आवश्यक : गभर्नर महाप्रसादअधिकारी

कहिरन समाचार

मंगलबार भएको राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवमा गभर्नर महाप्रसाद अधिकारीले सरकारी बैंकहरूमा पनि मर्जरको आवश्यकता औल्याए।निजी क्षेत्रको बैंकहरू निकै ठूलो भइसकेको भन्दै उनले सरकारी बैंक समेत मर्जर हुनु पर्ने आशय व्यक्त गरेका थिए।‘एउटा धस्रो छ, त्यो धस्रोलाई नछाइकन सानो बनाउनु त भनेर हामीलाई सामान्य ज्ञानमा सोधिन्थ्यो,’ गभर्नर अधिकारीले सो कार्याक्रममा भने, ‘अहिले वित्तीय क्षेत्रमा यस्तै अवस्था छ, किनभने हामी (राष्ट्रिय वाणिज्य बैंक) हिजोको भन्दा तल गएका छैनौं, तर अरु बैंकसँग तुलना गर्दा सानो भएका छौं।’

अहिले राष्ट्र बैंकले दबाब नदिँदा पनि निजी क्षेत्रका बैंकहरू मर्जरमा गएर थप प्रतिस्पर्धी बन्न लागेको उनले बताए। उनले कतै सरकारी बैंकले यो आवश्यकता नबुझेको होकी भन्दै सरकारी बैंकहरू पनि मर्जरमा जान पर्ने धारणा राखे।

हाल नेपालमा २२ वटा वाणिज्य बैंकमध्ये तीन वटामा सरकारी स्वामित्व छ। नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा सरकारी स्वामित्व छ।

सरकारी बैंकहरू मर्जरमा लैजान भने सरकार नै तयार हुनुपर्नेछ। यी बैंकहरूमा सरकारको लगानी बाहुल्यता रहेकोले नै सरकारले गर्ने निर्णयमा यिनको मर्जर सम्भव हुन्छ।