अमेरिकाको क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा सात जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा सात जनाको मृत्यु

कहिरन समाचार

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा दुईवटा फार्ममा गोलीबारीको घटना भएको छ ।

सान माटेओ काउन्टी शेरिफको कार्यालयका अनुसार धेरै व्यक्ति घाइते भएका छन् र एक संदिग्धलाई हिरासतमा लिइएको छ ।

दुई दिनअघि दक्षिणी क्यालिफोर्नियाको लस एन्जलस नजिकै भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको थियो ।

हाफ मून बे सैन फ्रान्सिस्कोबाट लगभग ५० किलोमिटर टाढा छ । घटना भएको दुई घण्टापछि प्रहरीले ६७ वर्षीय वृद्धलाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धान एजेन्सीले संदिग्ध व्यक्तिको कार शेरिफको डिपार्टमेन्ट सबस्टेसनको पार्किङमा फेला पारेको जानकारी दिएको छ र स्थानीय मिडियाका अनुसार गोलीबारीमा प्रयोग गरिएको बन्दुक यसै कारबाट बरामद भएको थियो ।