बैंकहरुको नाफा घट्यो

बैंकहरुको नाफा घट्यो

कहिरन समाचार

पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको सङ्ख्या घटेसँगै यता बैंकहरुको नाफामा समेत सङ्कुचन आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना अर्थात् पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुको नाफा घटेर २५ अर्ब ९५ करोड ९० लाख २४ हजारमा सीमित हुन पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा कायम २७ वटा वाणिज्य बैंकहरुले ३० अर्बमाथिको नाफा आर्जन गरेका थिए ।केन्द्रीय बैंकको बिग मर्जरको नीति अनुरूप बैङ्कहरू मर्जरमा जाँदा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरुको सङ्ख्या घटेर २२ वटामा झरेका छन् । जसमध्ये भर्खरै मात्र मर्जर भएर एकीकृत कारोबारमा गएका दुईवटा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र कुमारी बैंकले वित्तीय रिपोर्ट सार्वजनिक गरेका छैनन् ।बाँकी वित्तीय रिपोर्ट सार्वजनिक गरेका २० वटा बैंकले अघिल्लो वर्षको तुलनामा २९.९८ प्रतिशतले नाफा वृद्धि गर्दै २५ अर्ब ९५ करोड ९० लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये, ७ वटा बैंकको नाफामा ब्रेक लाग्न पुगेको छ ।