आल्भेससँग मेक्सिकन क्लबले गर्यो सम्झौता रद्द

आल्भेससँग मेक्सिकन क्लबले गर्यो सम्झौता रद्द

कहिरन समाचार

ब्राजिलियन डिफेन्डर डानी अल्भेससँग मेक्सिकन क्लब पुमासले सम्झौता रद्द गरेको छ ।

महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेपछि पुमासले अल्भेससँगको सम्झौता तोडेको हो । पुमासले तत्कालबाट लागु हुनेगरि सम्झौता रद्द गरिएको जनाएको छ ।

३९ वर्षीय डिफेन्डरले २०२२ को डिसेम्बर ३० मा महिलालाई यौन दुर्व्यवहार गरेको बताईएको छ । शुक्रबार प्रहरीमा उपस्थित भएका अल्भेसले आरोप अस्वीकार गरेका छन् ।