गृहमन्त्री लामिछानेले विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताए

गृहमन्त्री लामिछानेले विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताए

कहिरन समाचार

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताएका छन् । सरकारमा गएसँगै लामिछानेको विगतको अभिव्यक्तिबारे विभिन्न टीकाटिप्पणी भइरहेको बेला उनले यस्तो बताएका हुन् ।

‘हिजो बोलेका हरेक शब्द शब्दको हेक्का छ’, उनले सामाजिक सञ्जालमार्फत शनिबार भनेका छन्, ‘भोट माग्दा गरेका बाचाहरुको हक्का छ । उनले मिडियाको हेडलाइन बदल्न नसक्ने भए पनि जनताको लाइफलाइन बदल्न मेहनत गरिरहेको बताएका छन् । यद्यपि धुलो धेरै भएकाले थोरै समय पर्खिनुपर्ने उनको भनाइ छ । लामिछानेले भनेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन । तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुचाहिँ पर्छ ।’

उनले फरार अभियुक्तहरु समातिने मात्रै नभएर धेरै नयाँहरू फरार हुन नपाउन् भन्नेमा पनि हेक्का रहेको बताएका छन् । शुक्रबारमात्रै एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यस प्रकरणमा पनि उनलाई जोडेर विभिन्न टीकाटिप्पणी भइरहेको छ ।