उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

कहिरन समाचार

उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

पार्टीले सत्ता गठबन्धनबाट उपसभामुखमा दाबी गरेको थियो । गठबन्धनका दलहरुबीच रास्वपालाई उपसभामुख पद दिने निर्णय भएपछि पार्टीले उम्मेदवार तय गर्न लागेको हो ।

पार्टीले सोभिता गौतमलाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको बताइन्छ ।