आमलाद्वारा क्रिकेटबाट सन्यासको घोषणा

आमलाद्वारा क्रिकेटबाट सन्यासको घोषणा

कहिरन समाचार

दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने हासिम आमलाले ३९ वर्षको उमेरमा सन्यासको घोषणा गरेका छन् । आमलाले १ सय २४ टेस्टमा ४६.६४ को औसतले ९ हजार २८२ रन बनाएका छन् । उनीभन्दा अघि मात्र ज्याक कालिसले १३ हजार २०६ रन बनाएका छन् ।  सन् २००४ देखि २०१९ सम्म दक्षिण अफ्रिकाका लागि सबै फर्म्याटमा कूल १८ हजार ६७२ रन बनाएका थिए ।

उनले टोलीका लागि सर्वाधिक २७ एकदिवसीय शतक बनाएका छन् ।सन् २०१२ मा ओभलमा इंग्ल्याण्डविरुद्ध बनाएको उनले नटआउट रहँदै बनाएको ३११ रन कुनै पनि दक्षिण ब्याट्सम्यानले टेस्टमा बनाएको सर्वाधिक ठुलो व्यक्तिगत स्कोर हो ।  सन् २०२२ मा काउन्टी च्याम्पियनसीप जित्ने सरे टोलीका सदस्य रहेका आमलाले तीन वर्ष अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । आमलाले १८१ एकदिवसीय खेलमा ४९.४६ को औसत तथा ४४ टी–२० खेलमा ३३.६० को औसतले रन बनाएका थिए ।