देशभरका अस्पतालमा ज्वरोका विरामी बढ्दै

देशभरका अस्पतालमा ज्वरोका विरामी बढ्दै

कहिरन समाचार

साउन १२, काठमाडौँ । देशभरका अस्पतालमा उपचारका लागि पुग्ने ज्वरोका विरामीको संख्या बढेको छ । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालसहित उपत्यका बाहिरका प्रादेशिक अस्पतालहरुमा समेत ज्वरोका विरामीको संख्या बढेको हो ।

उपत्यकाका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन, बीर अस्पतालमा पछिल्लो २ सातामा जँचाउन आउने ज्वरोका बिरामीहरु करिब ५ गुणाले बढेका छन् ।

अस्पताल पुग्ने मध्ये अधिकांशमा कोरोना संक्रमण पाईएको बीर अस्पतालका डाक्टर प्रज्वल श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य बिरामीहरुमा भने भाइरल ज्वरो, रुघाखोकी देखिएको छ ।

बिभिन्न २५ जिल्लाका बिरामीको चाप थेग्दै आएको नेपालगञ्ज स्थित भेरी अस्पतालमा पनि पछिल्लो केही समयदेखि बिरामीको संख्या बढेको छ ।