राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएकोले यात्रा नरोकिने बताएका छन् । आज हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे। ‘स्वाभिमान पूर्वक पार्टी उठाउँछौँ’ थापाले भने ‘निर्वाचनमा ठुलो अपेक्षा थिएन , तर पनि सोचे अनुसार परिणाम नआएको विषयलाई गम्भीरता पूर्वक लिएका छाै । ‘
राप्रपा नेपालको औतित्य र महत्त्व अझै बढेर चर्चा गर्दै थापाले ‘हामीलाई सरकारमा गएर गल्ती गर्यो ,गणतन्त्रको सरकारमा गयो, धर्म बेच्यो भन्नेहरू आज कता छन्’ भनी प्रश्न गरे । हामीले आदर्श र सिद्धान्तलाई सत्ता सङ्ग साटेको छैन, योजनाबद्ध र षड्यन्त्रपुर्बक चरित्र हत्या गरेको विषय आगामी दिनमा स्पष्ट हुन्छ र भ्रम निवारण हुने समेत उनले विश्वास व्यक्त गरे ।

राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्यो भन्दै उनले महाधिवेशनले पास गरेको नीति विपरित राप्रपा सत्तामा गएको बताए । ‘विपरीत स्वार्थमा हिँडेको शक्तिहरूको विचित्रको ‘उटरुपि’ गठबन्धन बन्यो, राजा फाल्ने ,राजा चाहियो भन्ने, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु भन्ने र ठुलो ठुलो भ्रष्टाचारमा गासिएकोहरुको गठबन्धन उदेकलाग्दो छ’, उनले भने ।
कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाल र यसको नेतृत्वलाई समाप्त पार्छौ भन्नेको सपना पूरा हुन नदिने दृढता व्यक्त गरे । । जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरू प्रेमलाल श्रेष्ठ , राजाराम अर्याल, दिल बहादुर बल, सूर्य थोकर, शान्ती तामाङ लगायतले बोलेका थिए ।
प्रतिक्रिया