रोहितको नयाँ गीत ‘सान्बाबु’ लोकप्रियताको शिरमा

रोहितको नयाँ गीत ‘सान्बाबु’ लोकप्रियताको शिरमा

कहिरन समाचार

गीतकार रोहित घिमिरेको नयाँ गीत ‘सान्बाबु’ सांगीतिक बजारमा लोकप्रियताको शिरमा चढ्दो छ । केही दिन अगाडि सार्वजनिक यो गीतमा एक युगल जोडिको प्रेम शब्दमा बुनिएका छन् ।  एक दशकदेखि गीत लेखन गर्दै आएका गीतकार घिमिरेको यस गीतमा संगीत सिएल शर्माले दिएका छन्, भने स्वर गायिका प्रतिमा केसी र गायक प्रबिण बेडवालको छ । गीतको एरेन्ज सञ्जीव बराईलीले गरेका हुन् ।

प्रकाश धिताल निर्देशित गीतको भिडियोमा केकी अधिकारी र उमेश भट्टको रोमान्स देख्न सकिन्छ । उत्सव दाहालले छायाङ्कन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । गीतकार अधिकारीका यस अगाडि करिब ३ दर्जन बढी गीतहरु बजारमा आएका छन् । जसमा अञ्जु पन्त, रचना रिमाल, अस्मिता अधिकारी, प्रतिमा केसी, प्रवीण बेडवाल, रवि शर्मा, शिव परीयार, प्रताप दास, प्रमोद खरेललगायतका गायक गायिकाले स्वर दिएका छन् ।