यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द

यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द

कहिरन समाचार

पोखरामा भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित गरिएका यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको यती एयरलाइन्सले जानकारी दिइएको हो । यद्यपि आपत्कालीन र उद्धारका उडानहरू भने सुचारु हुनेछ ।

आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ भने गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।