विश्वविजेता मेसी फिफा बेस्ट अवार्डको मनोनयनमा

विश्वविजेता मेसी फिफा बेस्ट अवार्डको मनोनयनमा

कहिरन समाचार

विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसी वर्ष २०२२ को फिफा बेस्ट अवार्डका लागि मनोनयनमा परेका छन्।

फिफा विश्वकप २०२२ को उत्कृष्ट खेलाडीसमेत भएका मेसीकै कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो।

मेसीसँगै ब्राजिलका नेइमार, फ्रान्सका केलियन एम्बाप्पे, अर्जेन्टिनाका जुलियन अल्भारेज, क्रोएसियाका लुका मोड्रिच, इजिप्टका मोहमम्द सलाह, सेनेगलका साडीयो माने, पोल्याण्डका रोवर्ट लेवान्डोस्की, नर्वेका इर्लिङ हलाण्डसहित १४ जना छन्।

फिफाले पुरूषसँगै उत्कृष्ट महिला, उत्कृष्ट पुरूष प्रशिक्षक, उत्कृष्ट महिला प्रशिक्षकको मनोनयनसमेत सार्वजनिक गरेको छ। यस्तै उत्कृष्ट पुरूष गोलकिपर र महिला गोलकिपरको मनोनयनसमेत सार्वजनिक गरेको छ।

मतदान फेब्रुअरी ३ सम्मछ। हरेक विधामा उत्कृष्ट तीन जना छनोट गरी एक महिनापछि विजेता घोषणा गरिने फिफाले जनाएको छ।

यी हुन् मनोनयनमा पर्ने उत्कृष्ट पुरूष खेलाडी

  • जुलियन अल्भारेज (अर्जेन्टिना/म्यानचेस्टर सिटी)
  • जुड बेलिङहम (इंग्ल्याण्ड/बोरुसिया डर्टमुन्ड)
  • करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड)
  • केभिन डि ब्रुएना (बेल्जियम/म्यानचेस्टर सिटी)
  • एर्लिङ हालान्ड (नर्वे/बोरुसिया डर्टमुन्ड/म्यानचेस्टर सिटी)
  • अचरफ हाकिमी (स्पेन/पिएसजी)
  • रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बायर्न म्युनिख/बार्सिलोना)
  • साडियो माने (सेनेगल/लिभरपुल/बायर्न म्युनिख)
  • केलियन एमबाप्पे (फ्रान्स/पिएसजी)
  • लियोनेल मेस्सी (अर्जेन्टिना/पिएसजी)
  • लुका मोड्रिच (क्रोएसिया/रियल म्याड्रिड)
  • नेयमार (ब्राजिल/पिएसजी)
  • मोहम्मद सलाह (इजिप्ट/लिभरपुल)
  • भिनिसियस जुनियर (ब्राजिल/रियल म्याड्रिड)