प्रधानमन्त्रीसँग बागमती प्रदेशका मुख्यमन्त्रीको भेट

प्रधानमन्त्रीसँग बागमती प्रदेशका मुख्यमन्त्रीको भेट

कहिरन समाचार

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रदेश सरकार विस्तार र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

मुख्यमन्त्री जम्कट्टेलले सत्ता गठबन्धनको सहयोगमा प्रदेश सरकार विस्तारको तयारीमा जुटेका छन् । प्रदेशमा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापा सरकारमा सहभागी भएका छन् ।

थपलियाले प्रदेशको अर्थ मन्त्रालय सम्हालेका छन् भने थापालाई विभागीय जिम्मेवारी तोकिएको छैन । गठबन्धनमा प्याकेजमै सहमति जुटाएपछि मात्र मन्त्री र जिम्मेवारी तोक्ने तयारीमा जम्कट्टेल रहेका छन् ।