गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

कहिरन समाचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

भेटमा गण्डकी प्रदेशमा सरकार विस्तार, दलीय भागबन्डा र विश्वासको मत लिने तयारीका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्ति भएका थिए ।