रासफोर्डको गोल, युनाइटेड सेमिफाइलनमा

रासफोर्डको गोल, युनाइटेड सेमिफाइलनमा

कहिरन समाचार

मार्कस रासफोर्डले खेलको अन्त्यतिर दुई गोल गर्दा म्यानचेस्टर युनाइटेडले चार्लटन एथ्लेटिकलाई हराउँदै काराबाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । रासफोर्डको सिजनको १५ औँ गोलको मद्दतले युनाइटेड आफ्नो घरेलु मैदान ओल्ड ट्राफोडमा ३–० गोलले विजयी भएको हो ।

पहिलो हाफमा एन्टोनीले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि भने चर्लटनले लामो समय युनाइटेडलाई रोकेको थियो । तर खेलको अन्तिम मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा उनले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।

योसँगै रासफोर्डले लगातार छैटौँ खेलमा गोल गर्न सफल भएका छन् । युनाइटेडले सन् २०१७ मा होजे मोरिन्होको नेतृत्वमा यो प्रतियोगिताको उपाधि जितेको थियो । टोलीले अन्तिम पटक जितेको कुनै उपाधि यही नै थियो ।

अन्य खेलमा न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई २–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । न्युक्यासल ५० वर्षमा पहिलो उपाधिको खोजीमा रहेको छ ।