रेशम चौधरीलगायतका बन्दीलाई सरकारले कानुनसम्मत ढंगले छुटाउन पहल गर्ने : प्रधानमन्त्री प्रचण्ड

रेशम चौधरीलगायतका बन्दीलाई सरकारले कानुनसम्मत ढंगले छुटाउन पहल गर्ने : प्रधानमन्त्री प्रचण्ड

कहिरन समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलगायतका बन्दीलाई सरकारले कानुनसम्मत छुटाउन पहल गर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्तावमाथिको छलफलमा संासदहरुले उठाएको मागबारे सरकार र संसद्ले गम्भीरतापूर्वक लिएको भन्दै रेशम चौधरी लगायतका बन्दीलाई न्याय दिनुपर्छ भन्नेमा आफू रहेको बताए ।

उनले पछिल्लो समय सरकारले गरेको सहमतिका आधारमा अध्यादेशमार्फत छुटाउने प्रयास भएपनि अव सदन नै भइसकेकोले सोहीमार्फत समस्या समाधान गरिने बताए ।

‘रेशम चौधरीको मुद्दा जटिल र अप्ठेरो त छ तर छुटाउने पहल सरकारले गर्छ । सदनबाट कानुनसम्मत ढंगले रेशम चौधरीलगायतका बन्दी छुटाउने पहल गरिन्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।