आर्सनल चौथो चरणमा प्रवेश

आर्सनल चौथो चरणमा प्रवेश

कहिरन समाचार

आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा अक्सफोर्ड युनाईटेडलाई ३–० ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो ।

आर्सनलको जितमा एडी एनकेटियाले दुई गोल गरे । त्यस्तै मोहमद एल्नेनीले एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको आर्सनलले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको हो ।

मोहमदले खेलको ६३ औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।  खेलको ७० औं मिनेटमा एडीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । खेलको ७६ औं मिनेटमा एडीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।

अब आर्सनलले चौथो चरणमा म्यान्चेस्टर सिटीसँग खेल्नेछ ।