एकीकृत समाजवादीको बैठकले प्रधानमन्त्री प्रचण्ड लाई विश्वासको मत दिने निर्णय

एकीकृत समाजवादीको बैठकले प्रधानमन्त्री प्रचण्ड लाई विश्वासको मत दिने निर्णय

कहिरन समाचार

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

‘एकीकृत समाजवादीले यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘हाम्रो एजेन्डाहरु राखिनेछन् । ती एजेन्डाहरु पूरा नगरेमा कुनै पनि बेला पर्खने सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने हाम्रो निर्णय छ ।’

ती शर्तहरूमा राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र लगायतको सुधारका विषयहरू हुने र पार्टी अध्यक्ष तथा दलका नेताले यसबारे संसद्मा विचार राख्ने खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसद्‍मा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताए ।