अमेरिकी राजदूत थम्पसनले परिवारका सदस्यसहित सगरमाथा क्षेत्रको भ्रमण

अमेरिकी राजदूत थम्पसनले परिवारका सदस्यसहित सगरमाथा क्षेत्रको भ्रमण

कहिरन समाचार

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले परिवारका सदस्यसहित सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सोमबार नेपालका लागि अमेरिकी दूतावासको सामाजिक सञ्जालमार्फत राजदूत थमसन परिवारले हेलिकोप्टर मार्फत सगरमाथा क्षेत्र भ्रमण गरेको तस्बिर सार्वजनिक गरिएको हो ।

पारिवारिक तस्बिरका साथ राजदूत थम्पसनले भनेका छन्,‘सगरमाथाको यो सुन्दर दृश्य र  हिउँले ढाकिएको चुचुराहरूमा जलवायु परिवर्तनको प्रभावबारे सुनेको कुराहरू बारे हामी अझैं पनि सोच्दै छौं । मेरो परिवारसँग यो अनुभव साझा गर्न पाउनु अविश्वसनीय थियो । यो अनुभवले हामीलाई जलवायु परिवर्तन विरुद्ध लड्न र भविष्यका पुस्ताहरूका लागि यसको संरक्षण गर्ने आवश्यकताको महत्त्वको सम्झना पनि गराएको छ ।’