लिभरपुल र उल्भ्स बराबरीमा

लिभरपुल र उल्भ्स बराबरीमा

कहिरन समाचार

लिभरपुल र उल्भ्सले एफए कपको तेस्रो चरणमा शनिबार राति २–२ गोलको बराबरी खेलेका छन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा उल्भ्सले सुरुवाती अग्रता लिएको थियो । २६औं मिनेटमा गोन्जालो ग्युडेसले गोल गरे । ४५औं मिनेटमा डार्विन नुनेजको गोलमा लिभरपुल खेलमा फर्कियो ।

५२औं मिनेटमा मोहम्मद सलाहले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । तर ६६औं मिनेटमा हाङ हि चानले गरेको गोलमा वुल्भ्स खेलमा फर्किएको हो ।

एफ ए कपको तेस्रो चरणमा न्युक्यासल युनाइटेट पराजित भयो । सेफिल्ड वेन्स्डेसँग २–१ ले पराजित भयो । वेस्ट हम भने ब्रेन्टफोर्डलाई १–० ले निराश पार्दै चौथो चरणमा प्रवेश गर्यो ।