राष्ट्रपति भण्डारी साझा बस चढेर मदन पुस्तकालय पुगिन्

राष्ट्रपति भण्डारी साझा बस चढेर मदन पुस्तकालय पुगिन्

कहिरन समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ललितपुरस्थित मदन पुस्तकालय र पिम्बाहलको अवलोकन गरेकी छिन् । राष्ट्रपति भण्डारी साझा यातायातको विद्युतीय बस चढेर मदन पुस्तकालय पुगेकी थिइन् । उनले केही समय पिम्बाहल क्षेत्रमा पनि बिताएकी थिइन् ।

उनलाई ललितपुरका मेयर चिरिबाबु महर्जन तथा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले स्वागत गरेका थिए ।