लागूऔषध तस्कर अल चापोका छोरा पक्राउ

लागूऔषध तस्कर अल चापोका छोरा पक्राउ

कहिरन समाचार

लागूऔषध तस्कर अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोको सिनालोआमा दंगा भड्किएको छ, जसमा दुई जनाको मृत्यु भएको छ । ओभिडियो गुस्मान लोपेजले आफूलाई आफ्नो पिताका ड्रग कार्टेलको प्रमुख बताउँछन् ।

ओभिडियोलाई सिनालोआ राज्यको कुलियाकान सहरमा ६ महिनाको निगरानीपछि पक्राउ गरिएको हो ।

पक्राउपछि गिरोहका सदस्यहरूले सडक अवरुद्ध, सवारी साधनमा आगजनी र स्थानीय विमानस्थलमा आक्रमण गरेका थिए । उड्ने तयारी गर्दै गर्दा यात्रुवाहक विमानमा गोली प्रहार भएको थियो ।

सिनालोआका तीनवटा विमानस्थलमा सयभन्दा बढी उडान रद्द भएका छन् । राज्यका गभर्नरले १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

मेक्सिकोका रक्षामन्त्रीका अनुसार ओभिडियो गुजमान लोपेजलाई सिनालोआ ड्रग कार्टेल चलाएको आरोप छ । यो विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करी संगठन हो ।

ओभिडियोका बुबा अल चापो गुस्मान अमेरिकामा आजीवन कारावासको सजाय भोगिरहेका छन् । उनी सन् २०१९ मा लागुऔषध ओसारपसार र सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर भएका थिए ।