निर्मला पन्त हत्याबारे अनुसन्धान गर्न डीआईजी दुर्गा सिंह कञ्चनपुरमा

निर्मला पन्त हत्याबारे अनुसन्धान गर्न डीआईजी दुर्गा सिंह कञ्चनपुरमा

कहिरन समाचार

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानविन र अनुसन्धान गर्न गठन गरिएको समितिले काम थालेको छ । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी छिन् । समितिमा  सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डा. राजेश दत्त र इन्स्पेक्टर हिरेन्द्र रोकाया सदस्य छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए ।समिति गठन हुँदा बिदामा रहेकी सिंह बिदा छोट्याएर कञ्चनपुर पुगेकी हुन् । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डीएनए नमिलेपछि रिहा भएका थिए । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई समातेर सार्वजनिक गरेको थियो । २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो । अनुसन्धान समितिको संयोजक तोकिएकी सिंहले त्यतिवेला पनि सो घटनाको अनुसन्धान गरेकी थिइन् ।