इजरायलमा नेतान्याहुले प्रधानमन्त्रीको रूपमा शपथ लिए

इजरायलमा नेतान्याहुले प्रधानमन्त्रीको रूपमा शपथ लिए

कहिरन समाचार

इजरायलमा बेन्जामिन नेतान्याहुले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् । संसदमा भएको मतदानपछि नेतान्याहुले इजरायलको प्रधानमन्त्रीको शपथ लिएका हुन् ।

नेतान्याहुले आफ्नो नयाँ सरकारलाई अनुमोदन गरेपछि केही मिनेटमा शपथ लिएका थिए । संसदका १२० सदस्यमध्ये ६३ ले नेतान्याहुको पक्षमा मतदान गरे । दक्षिणपन्थी पार्टीको गठबन्धनमा नेतान्याहु तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

नेतान्याहुमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ । इजरायलमा चार वर्षमा पाँचौ पटक निर्वाचन भएको थियो । तर, निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेनन् ।