एमाले राष्ट्रिय सभा दलको नेतामा दाहाल चयन

एमाले राष्ट्रिय सभा दलको नेतामा दाहाल चयन

कहिरन समाचार

नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको मनोनीत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम सांसद देवेन्द्र दाहाललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।

एमालेबाट राष्ट्रियसभामा यसअघि नेता खिमलाल भट्टराई दलको नेता थिए । चुनावअघि भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएसँगै उक्त पद रिक्त थियो ।

मनोनीत दाहाल यसअघि दलका प्रमुख सचेतक थिए । राष्ट्रिय सभामा नेकपा एमालेका १६ सांसद छन् । अध्यक्ष गणेश तिमिल्सिना पनि एमालेकै हुन् ।