युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

कहिरन समाचार

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद गरी कुल ९.१० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।