प्रधानमन्त्री र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री र नेपालबीच भेटवार्ता

कहिरन समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गरेको बुझिएको छ । यसअघि मंगलबार बेलुका एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

एमाले अध्यक्ष ओली समेत नेता नेपालको पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने पक्षमा देखिएपछि नेताहरुबीच चरणचरणका भेटवार्ता भइरहेका छन् ।