वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा सिफारिस

वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा सिफारिस

कहिरन समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्तका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले दावी गरेको छ ।

माओवादी केन्द्रनिकट मानिने वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालतको न्यायाधीशमा जाने चर्चा चलेको थियो । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएसँगै सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्तामा नियुक्त गर्न लागिएको हो ।

महान्यायाधिवक्ताको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुनेछ । राष्ट्रपतिबाट नियुक्त भएपछि प्रधानन्यायाधीशले शपथ गराएपछि महान्यायाधिवक्ताको कार्यकाल सुरु हुनेछ ।