बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूलाई पुस १४ गते शपथ खुवाइने

बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूलाई पुस १४ गते शपथ खुवाइने

कहिरन समाचार

बागमती प्रदेश सभाका नवनिर्वाचित सांसदहरूलाई यही पुस १४ गते शपथ खुवाइने भएको छ।

बागमती प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बिहीबार दिउँसो २ बजे हेटौंडास्थित प्रदेश सभा सचिवालयमा प्रदेश सभा सदस्यहरूलाई शपथ खुवाउने उल्लेख गरेको छ।

शपथ लिन जाँदा प्रदेशका सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त निर्वाचित भएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र पासपोर्ट साइजको ६ प्रति फोटो साथमा लैजानुपर्ने हुन्छ।

प्रदेश सभाका कुनै सांसदले मातृभाषामा शपथ लिने हो भने ३ दिनअघि सोको जानकारी प्रदेश सभा सचिवालयमा दिइसक्नुपर्ने हुन्छ।

बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार बिहीबार शपथ सुरू हुनुभन्दा करिब २ घन्टा अघि नै सांसदहरू प्रदेश सभा सचिवालयमा आइसक्नुपर्ने हुन्छ।

बागमती प्रदेशमा ११० जना सांसद छन्।