प्रदेश नम्बर १ का सिंचाइ तथा ऊर्जामन्त्री राईले राजीनामा दिए

प्रदेश नम्बर १ का सिंचाइ तथा ऊर्जामन्त्री राईले राजीनामा दिए

कहिरन समाचार

प्रदेश नम्बर १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन् । खोटाङ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनले संघीय सांसदको शपथग्रहण गर्नुभन्दा एक दिन अगाडि नै राजीनामा दिएका हुन् ।

२०७८ कार्तिक १६ राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि खोटाङका राईलाई २०७८ माघ २३ गते खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीमा नियुक्त गरेका थिए । राईले खोटाङबाट एमाले नेता विशाल भट्टराईलाई पराजित गरेका हुन् । भट्टराईले २८ हजार ६८२ मत ल्याउँदा राईले ३१ हजार ३५१ मत ल्याएर विजयी बनेका हुन् ।

उनले हिजो नै मुख्यमन्त्री राजेन्द्रकुमार राई समक्ष राजीनामा दिएको मन्त्री राईका स्वकीय सचिव जीवन राईले जानकारी दिए ।