एउटै सोफामा : ओली र प्रचण्ड

एउटै सोफामा : ओली र प्रचण्ड

कहिरन समाचार

प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो ।

जलपान समारोहमा सबै दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । समारोहमा शीर्ष नेताहरूबीच सौहार्दपूर्ण ढंगले वार्तालाप समेत भएको देखिन्थ्यो । जलपान समारोहमा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै सोफामा देखिन्थे । प्रधानमन्त्री शेरबहादुर देउवा पनि लहरै बसेका थिए । अध्यक्षद्वय ओली र दाहालबीच सौहार्दपूर्ण रुपमा वार्तालाप भइरहेको देखिन्थ्यो ।

यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।