नगरपालिका संघको अध्यक्षमा भीम ढुंगा

नगरपालिका संघको अध्यक्षमा भीम ढुंगा

कहिरन समाचार

नेपाल नगरपालिका संघको ८ औं अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद ढुंगाना चयन भएका छन्।

उनी धादिङको निलकण्ठ नगरपालिकाका मेयर हुन्।

उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका मेयर कृष्णप्रसाद सापकोटा, महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरी चयन भएका हुन्।

उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छन् भने कोषाध्यक्षमा हलेसी तुवाचुङकी मेयर विमला राई चयन भइन्। सहकोषाध्यक्ष हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा चयन भएकी छन्।

बुधबार सकिएको अधिवेशनले ४३ जना केन्द्रीय सदस्य पनि चयन गरेको छ।