‘जेरी’ले भनिन्, ‘ ‘तितै भए पनि अतीत र सत्य नकार्न सकिँदो रहेनछ’

‘जेरी’ले भनिन्, ‘ ‘तितै भए पनि अतीत र सत्य नकार्न सकिँदो रहेनछ’

कहिरन समाचार

चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिएको केही समय मात्रै भयो । करिब ५ वर्षको प्रेमपछि विवाह गरेका उनीहरूले काठमाडौं जिल्ला अदालतमा आफ्नो वैवाहिक सम्बन्ध टुङ्ग्याएका थिए ।

विवाह गरेको १४ दिनपछि नै आफूमाथि शारीरिक तथा मानसिक यातना सुरु भएको बताएकी जेरीले श्रीमान्सँग सम्बन्ध टुङ्ग्याउनुको कारण श्रीमान्को बाहिर केटी, शारीरिक तथा मानसिक हिंसा लगायत बताउँदै आएकी छन् ।

तर अहिले भने जेरीले पूर्व श्रीमान् शंकरसँगको एक तस्बिरसहित सामाजिक संजालमा भावुक स्टाटस पोष्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘तितै भएनी अतीत र सत्य नकार्न सकिँदो रहेनछ, तस्बिर पुरानै ।’ उनको यो पोष्टमा थुप्रैले प्रतिक्रिया जनाएका छन् ।

लोकदोहोरी गायनका सिलसिलामा भेटेका शंकर र जेरीको गायनकै सिलसिलमा प्रेम बसेको थियो । प्रेमपछि  विवाह गरेका उनीहरुको मायाको चिनो एक छोरी छिन् ।