‘नम्बरी सुन’ मा भित्रिए गौरव

‘नम्बरी सुन’ मा भित्रिए गौरव

कहिरन समाचार

राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’ मा नायक फेरबदल भएका छन् । पहिला आमेश भण्डारी नायकको रुपमा रहेको फिल्ममा अहिले गौरव पहारी भित्रिएका छन् । मंगलवार गौरव र निर्माता नारायण खातीबीच कागजी सम्झौता भएको छ ।

आमेश बिना जानकारी अस्ट्रेलिया उडेपछि निर्माताले गौरवसँग सम्झौता गरेका हुन् । फिल्ममा गौरवको जोडी नम्रता सापकोटासँग रहनेछिन् । माघ २० बाट फ्लोरमा जाने यो फिल्ममा बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वली लगायतको अभिनय रहनेछ ।

‘नम्बरी सुन’ झन्डै ७० वर्ष अघिको सामाजिक कथामा निर्माण हुन लागेको हो । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको कथा तथा गीत निर्माता खाती स्वयंको हो । फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।